नवलपुर । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ ।
नवलपुरको देबचुलीमा आईतबार बसेको जिल्ला कमिटिको बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाको नाम सिफारिस गरेको हो ।
नवलपुर क्षेत्र नं। १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटाले बताए ।

माओबादी केन्द्र का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धन प्रसाद सापकोटाका अनुशार नवलपुर क्षेत्र नम्बर एक को प्रतिनिधि सभामा प्रचण्ड सहित ५ जनाको उम्मेदवार सिफारिस गरेको छ जसमा पुस्पकमल दाहाल प्रचण्ड , ठाकुर चापागाईं, ईन्द्र भुसाल , षडानन्द सापकोटा र पार्बति आचार्य को नाम सिफारीस गरिएको सापकोटाले बताए ।

यसै गरि नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा क को प्रत्यक्ष उम्देवारमा मित्र शरण शर्मा , धन प्रसाद सापकोटा , सुर्य न्यौपाने ,बलराम चालिसे , र अम्बिका सापकोटाको नाम सिफारीस गरेको छ ।भने प्रदेश ख मा लोक प्रसाद भुर्तेल भिषण ,हुकुम सुवेदी , प्रेमा खनाल ,पुर्णकला भुसाल र दुर्गा भुसाल लाई उम्मेदवारी सिफारीस भएको सापकोटाले बताए ।

केन्द्र ले नवलपुर २ प्रतिनिधिसभा को प्रत्यक्ष उम्मेदवारी मा बालकृण्ण गैरे , डासीराम बस्याल , प्रेम बस्नेत , सरला खनाल र दुर्गा रसाईलीलाई सिफारीस गरेकोछ । भने प्रदेशसभा क प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पोख्रेल , चन्द्र बहादुर थापा ,रामराज पन्डित ,सौगम कुमार श्रीपाली , हेमकुमारी सुनार लाई सिफारिस गरेको हो । यसै गरि प्रदेश सभा ख को प्रत्यक्ष उम्मेदवारमा तारा प्रसाद भुसाल ,कृण्ण प्रसाद पाण्डे , हरी पाण्डे , ओमकान्त अधिकारी अनन्त, रूकमाया पुन मगरलाई सिफारीस गरेको छ ।

केन्द्रले समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, धर्मकेसी ,कृण्ण प्रसाद शर्मा ,नेत्र सुनार ,टिकाराम घर्ती ,टंक पुलामी ,कृण्ण प्रसाद भट्टराई , शुस्मा खनाल , लक्षमी खाड , दमयन्ती रूचाल ,ईश्वरी महत्त्व , देबी अधिकारी ,रमिला भुजेल,लाई सिफारिस गरिएको अध्यक्ष सापकोटा ले बताए ।

तपाईको प्रतिक्रिया