नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा का लागि ३१ जनाले उम्मेदवार बन्न नाम दर्ता गराएका हुन ।

नवलपुर संघीय क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ रविन्द्र अधिकारी, कृष्ण पौडेल  र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिक तर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेल ले आवेदन गरेका हुन ।

त्यस्तै प्रदेश सभा १ को क तर्फ षडानन्द लामिछाने ,यमुनाथ आचार्य, गोपेन्द्र केसरी न्यौपाने, पदमलाल पौडेल र शिवहरि अधिकरी र समानुपातिकमा टंक माकिम, देउकला बराल , हरि बहादुर बिक बराली, इन्द्रबहादुर कुमाल र क्षेत्र नं १ को प्रदेश सभा ख मा प्रत्यक्ष तर्फ होमनाथ जैसी, टङ्कनाथ गिरी, रोशन बहादुर गाहा, रामप्रसाद मरासिनि, मुक्तिराम पाण्डे र कल्पना भण्डारीले उम्मेदवार बन्न नाम टिपाएको एमालेले जनाएको छ ।

त्यस्तै समानुपातिकमा राजेश सुनाम, सिता कुमारी न्यौपाने खड्का, गोमा कुमारी नेपाली, नेत्र नारायण थनेत, टंकमणी शर्मा, लाल बहादुर नेपाली, सीता पंगेनी, कृष्ण बहादुर सार्की र युवराज वाग्लेले नाम टिपाएको एमाले नवलपुरले जनाएको छ ।एमालेले आगामी भदौ २० गते जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया