गैँडाकोट । नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट उमेदवारी दिने बताउनुु भएको छ । नवलपुर सहइन्चार्ज समेत रहनुभएका लोकप्रीय युवा नेता अधिकारीले आज क्षेत्रीय कमिटीमा नाम दर्ता गराउनु भएको छ ।

पार्टिका केन्द्रीय सदस्य समेत रहनुभएका गैँडाकोट निवासी नेता अधिकारी प्रष्टवक्ताको रुपमा चर्चित हुनुहुन्छ । नेता अधिकारी सँगै एमाले नेता कृष्ण पौडेल र नारायण तिमिल्सीनाले पनि उमेदवार बन्ने चाहना राख्दै नाम दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया