×

चितवन । वाईसियल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतलाई विगत सम्झन अनुरोध गरेका छन् ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुलाई मुखले सम्झाउँदा मानेनन भने हात,गोडाले सम्झाउनुहोस भनेर पार्टी कार्यकर्ताहरुलाई एक कार्यक्रममा भनेका थिए ।

पनेरुले सामाजिक संजाल फेस्बुक मार्फत भनेका छन्–महेश कामरेड, तपाईलाई पनि उसै गरि सम्झाउने कोहि निस्क्यो भने के गर्ने ?  यसरी थुतुनो नछाडौ कामरेड, नेता बनौं! सिर्जनशिलता र नयां प्रतिभाको डाहा नगरौं, बरु थप रचनात्मक बन्ने साहास गरौं !वाईसिएल हेपिएकाहरुको साथि मात्रै होईन, हेप्न खोज्नेहरुको बिरुद्धको आवाज पनि हो, कामरेडले बिगत नबिर्सौं।

कोषाध्यक्ष पनेरुले ३ वर्ष अघि चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरेको आरोप लागेको थियो । यद्धपी उनीले अदालत बाट सफाई पाई सकेका छन् ।

यता नेकपा एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन्। उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन। यसअघि उनी भक्तपुरकै गुन्डु गाबिसका अध्यक्ष पनि भइसकेका छन्।

तपाईको प्रतिक्रिया