×

चितवन । नारायणी नदीमा खसेर चितवनको नारायणगढबाट एकजना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ स्थित जोरकुसुम पार्कको चौतारा सफा गर्ने क्रममा चिप्लिएर गोराखाका ४५ वर्षका रमेश खनाल बेपत्ता भएका हुन् । गोरखा घर भएका खनाल लामो समयदेखि भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्दै आएका थिए ।

बेपत्ता भएका खनालको अवस्था पत्ता लागउन वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षकको नेतृत्वमा विपत्त उद्धार सहितको टोलि परिचालन गरिएको छ । साँझ ५ वजे नदीमा बेपत्ता भएका उनको यो खबर तयार पार्दासम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया