चितवन । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृत्युदावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं. १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको गैडाकाेट शाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. १७ स्थित मृतक परिवारको घरमै पुगेर मृतकका श्रीमती भूमिका गुरुङ्गलाई ४० लाख ४० हजार रुपैँयाको चेक चेक हस्तान्तरण गरिएको पौडेलले बताउनुभयो । मृतक गणेश बहादुर गुरुङ्गले सात महिना अगाडि मात्रै २० लाख रुपैँयाको बीमा गर्नुभएको थियो । बीमित गुरुङ्गको स्कुटर दुर्घटनामा परि ज्यान गएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङ्ग, वडा सदस्य टंक घले,रिलायबलका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल,रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाका प्रमुख रमेश आचार्य,एमडीआरटी प्रकाश थापा मगर,सुदीप मिश्र, शोभा ढकाल, सीनीएर  एजेन्सी मेनेजर विमला मिश्र, इन्दिरा देवकोटा, मञ्जु सापकोटा, सुस्मा जिसी, गिता महतो, परि थापा, नवलक्ष्मी श्रेष्ठ ,लक्ष्मी प्रजा  लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया