चितवन । बिमाको क्षेत्रमा आक्रामक ब्यवसाय गरेको भन्दै रिलायवल नेपाल लाइफ ईन्स्योरेन्स नारायणगढ शाखालाई देशभरकै उत्कृष्ट दोस्रो शाखाको रुपमा सम्मान गरिएको छ ।चितवनको पर्यटकीय नगरी सौरहामा आयोजित शाखा प्रमुखहरुको बार्षिक भेलामा नारायणगढ शाखालाई सम्मान गरिएको हो ।
रिलायवल नेपाल लाइफ ईन्स्योरेन्सका केन्द्रीय अध्यक्ष उदय नेपाली (श्रेष्ठ) र सिइओ नारायण बाबु लोहनीले शाखा प्रमुख रमेश आचार्यलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभयो । सो अवसरमा लक्ष्यभन्दा बढी प्रगती गरेको भन्दै नारायणगढ शाखालाई गाडी समेत उपलव्ध गराइएको छ ।



उज्यालो खबर




