काठमाडौं । पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो।जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ।

‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘तीन जनाको मृत्यु भएको छ भने एक घाइतेको उद्धार गरेका छौं।’ ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए। उनीहरू एकै घरपरिवारका हुन्।गए राति घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयबासी पुगेका छन्।पहिरोले घर पुरिँदा ८ बाख्रा पनि मरेका छन्।

तपाईको प्रतिक्रिया