×

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ ।अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गर्दै आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।

युवाहरुले पत्रपत्रिकामा आएको अर्थमन्त्रीको नकारात्मक चित्रसहित उनको राजीनामा माग गरिएका प्लेकार्ड र कार्टुनसँगै प्रदर्शन गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया