×

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय धान दिवस सँगै आफ्नो २७ औं स्थापना दिवस मनाएको छ । बुधबार गैडाकोट, वडा नं। ४ मा रहेको किसान ग्यालरीमा एक समारोहको आयोजना गरि किसान साकोसले विविध कार्यक्रमहरु सहित राष्ट्रिय धान दिवस र आफ्नो स्थापनाको २७ औं वर्षगाँठ मनाएको हो ।

सो अवसरमा किसान साकोसले मृगौला पिडित ३ जना अभिभावकका छोरा–छोरीहरुलाई १२ कक्षासम्मको पढाइ निःशुल्क हुने गरि छात्रवृत्तिको घोषणा गरेको छ । उक्त छात्रवृत्ति गैंडाकोट इंङ्लिस स्कूलसँगको सहकार्यमा हुने किसान साकोसले जानकारी दिएको छ । सो अवसरमा किसानले छात्रवृत्रि पाएका तीनजना विद्यार्थीहरुसँगै नगर भित्रका ९ वटा आधारभूत सामुदायिक विद्यालयका २८ जना जेहेन्दार विद्यार्थीहरुलाई बर्षभरी पुग्नेगरि स्टेशनरीहरु पनि वितरण गरेको छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि मदनभक्त अधिकारीले रोटरी क्लवले गैंडाकोटमा उल्लेखनिय सामाजिक कार्यहरु गरेको बताउँदै क्लवलाई धन्यवाद दिनुभयो । साथै आउँदा दिनहरुमा रोटरी क्लवसँग सामाजिक कार्यकालागि नगरपालिकाले सहकार्य गर्ने बताउनुभयो । ‘किसान बचत तथा ऋण सहकारी संस्थाले पनि सस्तो दरमा ऋण दिएर कृषकहरुको पेशा–ब्यवसायको विकासमा महत्वपूणर् भूमिका खेलेकोमा धन्यवाद दिन चाहन्छु’ नगरप्रमुख अधिकारीले भन्नुभयो– ‘किसान साकोसले कृषक र साना ब्यपारीहरुको हितमा काम गरेको छ, यसकोलागि किसान साकोसलाई पनि धन्यवाद दिन चाहन्छु ।’

समारोहमा आफ्ना भनाईहरु राख्दै किसान साकोसका अध्यक्ष श्रीहरि चालिसले आजको दिन किसान साकोसका २६ वटै सेवाकेन्द्रहरुमा पनि धान दिवस सहितका कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले बि।सं। २०५२ असार १५ गते किसान साकोसको स्थापना गर्ने अग्रजहरुलाई पनि स्मरण गर्नु भएको थियो ।

उहाँले वित्तीय कारोवार सहित अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको सन्दर्भमा अहिले मृगौला पिडितका ३ जना छोराछोरीहरुलाई छात्रावृत्रि प्रदान गरिएको बताउनुभयो । यस्तो छात्राबृत्ति जिल्लाका ८ वटै स्थानिय निकायका बिद्यार्थीहरुकालागि सुचारू गरिने अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै रोटरी क्लवका जोन ३० वर्ष २१÷२२ का रोटरियन एजी नारायण प्रधानले क्लवले रत्ननगरमा १६ वटा मुसहर परिवारलाई घर बनाएर हस्तान्तर गारएको बताउनुभयो । भरतपुर र टाडीमा मिर्गौला डायलासिसका बिरामीहरुको चाप अत्याधिक भएकाले गैंडाकोटमा पनि यो सेवा संचालन गर्न सकिने बताउनुभयो । ‘त्यसका निम्ति रोटरी क्लव ईच्छुक छ, क्लवसँग मिलेर काम गर्न गैंडाकोट नगरपालिकालाई आग्रह गर्दछ’– प्रधानले भन्नुभयो ।

स्थापना दिवशकै अवसरमा किसान साकोसले आफ्नो कार्यक्षेत्र भित्र रहेका स्थानहरूमा फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्ने घोषणा गरेको छ । किसान साकोसको सेवा संचालन भएका ९० वटा स्थानहरूमा डस्टविनहरू राखिने जनाइएको छ ।२६ सेवा केन्द्रहरुसहित नवलपुर, चितवन र तनहुँमा किसानले सेवा विस्तार गरेको छ । हाल किसानमा ८० हजार सेयर सदस्यहरु रहेका छन् ।

२७ औं स्थापना दिवसका अवसरमा दही च्युरा खाएर राष्ट्रिय धान दिवस पनि मनाईको थियो । दहि च्यूरा पछि कार्यक्रममा सहभागी कवि एवं साहित्यकारहरुले असार १५ को महिमा वणर्न गर्दै गीत तथा कविता वाचन गर्नुभएको थियो । जहाँ साहित्यकार एवं कविहरु गोविन्द राज बिनंदी, मुना धनञ्जय, मिना कुमारी खनाल, रामहरि शर्मा, टंकप्रसाद ढकाल ‘तिते पाती’, शुभम पोख्रेल, उदय रेग्मी, धर्मानन्द शर्मा र माधव गौतमले कबिता, गीत र गजल बाचन गर्नुभएको थियो ।

सोही समारोहमा रोटरी क्लवले कक्षा ९ देखि १२ सम्मको अन्तर माध्यमिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने स्कुलका बिद्याथीहरुलाई पुरस्कार बितरण गरेको थियो ।त्रिवेणी साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं चित्रकार भिमप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । किसान साकोसको अध्यक्ष श्रीहरी चालिसको अध्यक्षतामा भएको थियो ।जसको संचालन किसान साकोसको सहसचिव सरस्वती कंडेल र चित्रकला प्रतियोगिताको पुरस्कार बितरण समारोहको संचालन रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा प्रमोद पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया