चितवन । चितवनको भरतपुरमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. अनुपमचोक नजिकै होली भिजन पव्लीक स्कुलको ना १ क ३५९६ नम्बरको बसको ठक्करबाट बाग्लुङ घर भएका ३४ वर्षका विनोद थापाको मृत्यु भएको हो ।

डेरी चोकबाट यज्ञपुरी चोक तर्फ जादै गरेको स्कुल बसले आानन्दपुरबाट भरतपुर तर्फ आउदै गरेको ना३३प ३६६६ नं. को मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार थापाको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाईकल चालक बाग्लुङकै आयुष बोहोरा गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्करदिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया