चितवन । जिल्ला समन्वय समिति  चितवनको प्रमुखमा पाँचदलीय गठबन्धन र नेकपा एमाले को मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।जिसस प्रमुख र सदस्यहरुको लागि मंगलबार भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

गोलाप्रथा गर्दा जिसस प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् ।

को हुन् अधिकारी ?

एमालेबाट जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका नारायण अधिकारी एमालेको इच्छाकामना वडा नम्बर ३ को सदस्य पदमा गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी वाग्मती प्रदेश कमिटीको सदस्य हुन् । जीवनको २९ वर्ष शिक्षण पेसामा बिताएका अधिकारी २०६५ सालमा सेवा निवृत्त भएपछि पूर्णकालीनरुपमा एमालेको राजनीतिमा सक्रिय छन् ।

तपाईको प्रतिक्रिया