चितवन – नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महनागरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल पारियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । पक्राउ परेका वास्तोला तरुण दल चितवनका प्रवक्ता समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया