काठमाडौं । सरकारले वृद्ध भक्ता पाउँने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेको छ। सन् २०२१ मा ६८ वर्षमाथिका वृद्धवृद्धाको संख्या १८ लाख २७ हजार रहेको केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ।

हाल वृद्धवृद्धाले मासिक ४ हजार रूपैयाँ वृद्धभक्ता प्राप्त गरिरहेका छन्। यस आधारमा यदी ६५ वर्षका ७० प्रतिशतले दोहोरो सुविधा नपाउने गरी वृद्धि वृद्ध भक्ता पाउँने अवस्था रहेमा सरकारलाई थप २० अर्ब रूपैयाँ दायित्व थपिने भएको छ।

सामाजिक सुरक्षा रकमको करिब ३६ प्रतिशत वृद्ध भक्तामा खर्च हुँदै आएको छ। सन् २०२१ मा ६५ वर्ष माथिका जनसंख्या १७ लाख ९२ हजारको संख्यामा रहेको केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ।

हाल जेष्ठ नागरिकको वृद्ध भक्तामा मात्रै ६६ अर्ब रूपैयाँ खर्च हुने गरेको छ। हाल ७० वर्ष पुगेका १२ लाख ७० हजार जेष्ठ नागरिकले मासिक ४ हजार र ६० वर्ष उमेर पुगेका कर्णाली जिल्लाका २ लाख १५ हजारभन्दा बढि जेष्ठ नागरिकले मासिक २ हजार ६ सय ६० को दरमा वृद्ध भक्ता पाइरहेको पञ्जिकरण विभागको गत चैतसम्मको तथ्यांकले देखाउँछ।

सरकारले चालु आवको बजेटमा १ खर्ब ८५ अर्ब सामाजिक सुरक्षामा खर्च गरिरहेको छ। गत आवको तुलनामा सरकारले सामाजिक सुरक्षामा ८९ प्रतिशतले रकम बढाएको थियो। आव ०७७र७८ मा यसमा ९७ अर्ब ७८ करोड छुट्याइएको थियो। हाल ३५ लाख ५५ हजारले सामाजिक सुरक्षा पाउँछन्।

६० वर्ष माथिका एकल महिला, ६० वर्ष मुनिका एकल महिला, पूर्ण अपांगता, अतिअशक्त अपांगता, लोपोन्मुख जाती, बालबालिकाले यस्तो भक्ता पाइरहेका छन्।

तपाईको प्रतिक्रिया