कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका घनश्याम गिरी र उपाध्यक्षमा एमालेकै भगवती वैदावार विजयी हुनुभएको हो । गिरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका डम्बर बहादुर जिशिलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो । गिरीले ७६५८ मत पाउनुभयो भने, जिशीले ७५५९ मत पाउनुभयो ।

जिशी यसअघिको निर्वाचनमा अध्यक्षमा विजयी उम्मेद्धार हो ।यस्तै उपाध्यक्षमा एमालेकी वैदावारले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसकी कला भुजेललाई ८२ मतान्तरले पराजित गर्नुभयो । वैदावारले ७६७१ र भुजेलले ७५८९ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया