नवलपुर । गैँडाकोट नगरपालिकाका निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले पत्रकारहरुलाई सामाजिक सञ्जालमा गरेको गाली गलौजप्रति सर्वत्र आलोचना भएको छ । समाजिक सञ्जाल फेसबुकमा पत्रकारहरुलाई लक्षित उनले गर्दै तुच्छ शब्द प्रयोग गरेपछि उनको आलोचना भएको हो ।नेपाल पत्रकार महासंघ नवलपरासी (पुर्व), नेपाल प्रेस युनियन नवलपुुर र प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरले छुुटछुटै विज्ञेप्ति जारी गर्दै मुनाकमीले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गाली गलौज गर्नु गम्भिर विषय भएको उल्लेख छ ।

पत्रकार महासंघका नवलपुरका सचिव विष्णु गौडेलद्धारा जारी विज्ञेप्तिमा स्थानीय तहको निर्वाचन २०७९ लाई सफल बनाउन दिनरात नभनि खटिएका पत्रकारलाई लक्षित गर्दै तुुच्छ शव्दले गालि बाट सिंगो सञ्चार जगत दुखि भएको उल्लेख छ । जनतालाई सहि सूचना दिन दिनरात नभनि आफ्नो कार्यमा खटिने पत्रकारहरुको मानमर्दन हुनेगरि गरिएको सो कार्यको पत्रकार महासंघ नवलपुर घोर निन्दा र भ्रत्सना गर्दछ, विज्ञेप्तिमा भनिएको छ ।

नेपाल प्रेस युनियन नवलपुर, प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुर र प्रेस सेन्टर नवलपुर समेत मुनाकमीले समाजिक सञ्जालमार्फत गरेको गालीगलौजको चर्को विरोध गरेका छन् । पत्रकारहरु माथि गरिएको गालीगलौजले सबै पत्रकारहरुको भावनामा चोट पुगेको भन्दै पत्रकारसँग सम्वन्धित संघसंगठनले उनले सार्वजनिक रुपमा माफि माग्नुपर्ने माग गरेका छन् ।स्थानीय तहको निर्वाचन सम्पन्न गराउन गैँडाकोट नगरपालिकामा खटिएकी मुनाकमी आएको सुरुवातको दिनदेखि मिडियामैत्री नदेखिएको सबै पत्रकारहरुले गुनासो गर्दे आएका थिए ।

हेर्नुहोस : दिपशिखा मुनाकमीले सामाजिक सञ्जालमा पत्रकारहरुलाई लक्षित गर्दै लेखेको स्टाटस जस्ताको तस्तै ।

नेपाल पत्रकार महासंघ नवलपुरद्धारा जारी विज्ञेप्ति

 

तपाईको प्रतिक्रिया