कावासोती । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी हुनुभएको छ ।
उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवि रानालाई ४३५ मतअन्तरले पराजित गर्नुभएको हो ।

एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका रानाले ३५४१ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गर्नुभएको हो । सारुले ३ हजार ९ सय ६२ मत पाउनुभयो भने घिमिरेले ३ हजार ५ सय ६ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया