गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा एमाले उमेदवार ध्रुव अधिकारीको अग्रता सुरु भएको छ । कुल मतको ९०० गणना गर्दा वडा अध्यक्ष पदका एमाले उमेदवार अधिकारीलाई ४३६ र नेपाली काँग्रेस सहित पाँचदलीय गठबन्धनका तर्फका उमेदवार सुरेन्द्र रेग्मीलाई ४०१ मत प्राप्त भएको छ ।
गैँडाकोट १ बाट मेयर पदका उमेदवार छत्रराज पौडेललाई ३५० मत प्राप्त भएको छ भने पाँचदलीय गठबन्धनका उमेदवार मदनभक्त अधिकारीको ४३७ मत प्राप्त भएको छ । यो खबर ९०० मत गणना हुँदा तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया