गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनुभएको छ ।
यहाँ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी हुनुभएको छ । विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
यहाँबाट वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चुमान सिंह चितौरे मगर प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया