गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं। १ मा नेपाली काँग्रेस पार्टीले लिड गरेको छ ।वडामा ६०० मतपत्र गणना गर्दा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार मदनभक्त अधिकारीले३२४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले २१० मतप्राप्त गर्नुभएको छ । यसै गरि यो वडाबाट नेकाका उपमेयर पदका उम्मेदवार शान्ति कोइरालाले३०६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका उम्मेदवार तुलाराम पौडेलले ७१ मत प्राप्त गर्नुभएको छ ।यो वडाबाट वडा अध्यक्षमा नेकाका सुरेन्द्र रेग्मीले २९४ र एमालेका ध्रुव अधिकारीले २६५ मत प्राप्तगर्नुभएको छ ।

यसैगरी गैंडाकोट नगरपालिका वडा नं १८ मा पनि नेपाली काँग्रेसले अग्रता लिएकोछ । वडामा मेयरकालागि नेकालाई ३५१ र एमालेलाई ७० मत प्राप्त भएको छ । उप मेयरमा यो वडावाट नेकालाई ३५५ र राप्रपालाई १८ मत प्राप्त भएको छ भने मंगोल नेशनल अर्गनाईजेशनलाई२०३ मत प्राप्त भएको छ । यसैगरि वडा अध्यक्षमा नेकालाई ३७१ र मंगोल नेशनलअर्गनाईजेशनले २१३ मत प्राप्त भएको छ । उक्त मत परिणाम वडाको ६०० मत गणनाको हो ।अहिले मत गणना जारी छ ।

तपाईको प्रतिक्रिया