गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाा सुरु भएको मतगणनाको समाचार संकलन गर्नबाट पत्रकारहरु बन्चित भएका छन् । गैँडाकोट नगरपालिका कार्यालयमा विहान ३ वजे सुरु भएको मतगणनाको समाचार संकलनका लागि पुगेका पत्रकारहरु माथि समाचार संकलन गर्न रोक लगाइएको हो ।

गैँडाकोट नगरपालिकाका निर्वाचन अधिकृत दिपशीखा मुनाकमीको निर्देशनमा पत्रकारहरुलाई मतगणनास्थलसम्म जाने र प्रत्यक्ष समचार प्रवाह गर्नबाट रोक लगाइएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जनाकारी दिए ।गेटमा रहेका प्रहरीले माथीबाट आदेश छैन तपाईहरु भित्र जान पाउनुहुन्न भन्दै रुखो शैलीमा प्रस्तुत भएका छन ।

राजनैतिक दलका प्रतिनिधीहरु बस्ने स्थानसम्म पुुगेर शान्तपूर्वक समाचार संकलन गर्ने जनतालाई सूचना दिने पत्रकार महासंघ सँग भएको मौखिक सहमती समेत गैँडाकोटमा उल्लंघन गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले गैँडाकोटको मतगणना स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न नदिएको प्रति आपत्ती जनाएको छ ।

महासंघका सभापति नारायण शर्माले पत्रकार प्रवेश गर्न नदिनु दुखद भएको भन्दै संविधानप्रद्धत हकको विरुद्ध भएको बताउनुभयो । जनतालाई हरपल सूचना दिने राज्यको चौथो अंगमाथी भएको प्रवेश निषेधले सन्देश राम्रो नजाने भन्दै उहाँले तत्काल पत्रकारहरुलाई प्रवेश दिनुपर्नेमा जोड दिनुुभयो ।

तपाईको प्रतिक्रिया