
गैँडाकोट । नेकपा एमाले नवलपुरले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी निर्णय विपरित काम गर्ने, विपक्षीसँग साठगाँठ गर्ने तथा स्वतन्त्र रुपमा उमेदवारी दिएको भन्दै ६ जनालाई कारबाही गरेको छ ।
पार्टी निर्णय विरुद्ध काम गर्ने जिल्ला कमिटी सदस्य रामुकान्त अर्याल, लाल बहादुर थापा, जिल्ला लेखा आयोगका सदस्य होम बहादुर गुरुगं, नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारी, मेघराज सुवेदी, र नगर सल्लाहकार सदस्य प्रेम प्रसाद पाठकलाई एमाले नवलपुरले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।
गैँडाकोट नगरकमिटीले जिल्ला कमिटीलाई कारवाहीको लागि गरेको सिफारिस जिल्लाले अनुमोदन गरेको हो ।एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेद्धारा हस्ताक्षरित सूचनामा धारा ८० को उपधारा १ देखि ६ सम्मको व्यवस्था अनुसार उनिहरुलाई कारवाही गरिएको हो ।