चितवन ।  चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ । आईतबार साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । हत्या भएका परियार नेपाली काँग्रेसका कार्यकर्ता हुन् ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया