गैंडाकोट। नेपाली काँग्रेसका पुराना नेता तथा पूर्ब उपप्रधानपञ्च होम बहादुर पुलामी नेकपा (एमाले) मा प्रबेश गर्नु भएको छ ।  गैंडाकोट ३ को भोक्रोफाँटमा नेकपा एमालेद्धारा आयोजित चुनाबी सभामा उहाँ नेकपा (एमाले) प्रबेश गर्नुभएको हो । गैंडाकोट नगरपालिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार एवं पूर्ब मेयर छत्रराज पौडेलले अबिर लगाई उहाँलाई पार्टीमा प्रबेश गराउनु भएको हो । पार्टी प्रवेश पश्चात छोटो मन्तब्य दिदै नेता पुलामीले बिभिन्न कारणवश पुरानो पार्टी नेपाली काँग्रेस छोडेर नेकपा एमाले प्रबेश गरेको बताउनु भयो । एमाले पार्टी स्वच्छ र जनताको पार्टी भएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका मेयर पदका उम्मेदवार पौडेलले गैंडाकोट वडा नं. ३ का लागि विद्युतिकरण सबै आफ्नो पहलमा गरेको र त्यसको उद्घाटन गर्ने दिन वडा नं. ३ का वडाध्यक्षले बैमानी गरि अन्तिम घडीमा आफ्नो अपमान हुने गरि प्रतिपक्षीदलका नेताबाट उद्घाटन गरेको समेत बताउनु भयो ।

उम्मेदवार पौडेलले आफुले मेयर पदमा छदैमा वडा नं. ३ मा मोबाईल नेटवर्कको समस्या रहेको थाहा पाएरनेपाल टेलिकमको मोबाईल टावर राख्नका लागि प्रकृया अगाडी बढाईसकेको समेत बताउनु भयो । अब छिट्टै नै वडा नं. ३ मा नेपाल टेलिकमको टावर निर्माण हुने पनि बताउनु भयो ।आदिबासी जनजातीको बाहुल्यता भएको ठाउँमा नेकपा एमालेले जनजाती उम्मेदवार नै उठाएका कारण जिताउनका लागि सबै समुदायलाई आब्हान समेत गर्नुभयो ।

केपी वलीको नेतृत्वमा सरकार बन्दा देशमा ठुला ठुला कामहरु पोखरा, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, बीमा, स्वास्थ्य बीमाको सुरुवात आदि काम भएको बताउनु भयो । भूमि आयोगले सम्पूर्ण सुकुम्बासीहरुको तथ्याङ्क संकलन गरि लालपुर्जा वितरण गर्दैछ भन्ने थाहा पाएर प्रतिपक्षि दलहरु मिलेर केपि ओलीको एमालेको सरकार ढालेको समेत आरोप लगाउनु भयो । नेपाली काँग्रेसले २०४८ सालदेखि सुरु गरिएको कालगिण्डकी करिडोरको नाममा सिमित ब्यक्तिहरुले बजेट पचाउने काम मात्र गरेको आरोप लगाउनु भयो । जब गण्डकी प्रदेशमा मुख्यमन्त्रीका रुपमा पृथ्बीसुब्बा गुरुङ्ग आउनुभयो अनि मात्र यो बाटो निर्माणको कामले तिब्रता पाएको र अहिलेको अवस्थामा आएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया