गैँडाकोट ।बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिकाको प्रमुख, उपप्रमुख , वडाअध्यक्ष र वडा सदस्यमा उमेदवारी दिएका ३९ जनाले नाम फिर्ता गरेका छन् ।

नगरप्रमुख पदमा उमेदवारी दिएका एकीकृत समाजवादीका टिकाराम पौडेल, नगर उपप्रमुख पदमा उमदेवारी दिएका नेकपा माओवादी केन्द्रका दुर्गादत्त ढुंगाना सहित विभिन्न वडाका ७ वडाअध्यक्ष पदका उमेदवारहरुले चुनाव नलड्ने निर्णय गर्दै उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले जनाएको छ । नाम फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रका मात्रै २१ जना रहेका छन् ।

नाम फिर्ता लिनेहरु यसप्रकार छन् ।

तपाईको प्रतिक्रिया