नवलपुर । नेकपा एमाले र राप्रपाले नवलपुरको गैंडाकोट नगरपालिका वडा नं २ मा आफ्नो निर्वाचन प्रचारप्रसार कार्यालय संयुक्त रूपमा स्थापना गरेको छ ।शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य एवं उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद पौडेलले एक समारोहका बीच संयुक्त कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले नेता पौडेलले सवै कार्यकर्ताहरु एकजुट भएर स्थानिय निर्वाचनमा एमालेलाई जिताउनका लागी अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रमका अर्का बिशेष अतिथी प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेले “स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा देशनै एमालेमय भइरहेको र नगरपालिका वडा नम्बर २ मा पनि एमालेले आफ्नो जित सुनिस्चित गर्ने बताउदै एमालेले बृद्ध भत्ता बृद्धी गर्दै युवाहरुलाई स्वरोगजार सहित मुलुकको बिकास निर्माणका काममा अगाडी वढाउने खालको घोषणापत्र जारी गराउन पर्ने उनको भनाइ थियो ।

वडा नम्बर २ बाट अध्यक्ष पदमा उम्मेद्बारी दिएका देशबन्धु सिक्देलले आफ्नो घोषणा पत्र घर-घरमा पुर्याउने बताउदै “हामी वडाका सचेत नागरिक परिवार सरह हरेक सुखदुःखमा साथमा रहने छौ तपाईका हरेक कार्ययोजना माथी छलफल हुने छ अनि हामी एउटै नीति र सिद्धान्तमा अघि बढछौ वडाका जनगुनासो २४ घण्टा आफुले सुन्ने र गएको वडा अध्यक्षले देखाएको मार्ग र अपुरा योजना हरु लाई तपाई वडावासी लाइ साक्षी राखी पुरा गर्ने बाचा गर्दछु” उन्ले भने ।

कार्यक्रममा पुर्व नगर प्रमुख एवं मेयर पदका उम्मेद्बार छत्रराज पौडेल, राप्रपा का तर्फबाट उपमेयर पदका उम्मेद्बार तुलाराम पौडेल लगाएत शिबहरी पौडेल,धन बहादुर पौडेल,गोपिन्द्र केशरी नेउपाने,श्रीराम सुवेदी लगाएत अतिथी रहेको कार्यक्रमलाई सिर्जना पौडेलले सहजीकरण कारण गरेकि थिइन । कार्यक्रम नेकपा एमाले वाड अध्यक्ष राजु भुसाल को अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया