
गैँडाकोट । वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा पूर्वी नवलपरासीको गैँडाकोटमा २२ वर्षीया युवतीले वडा सदस्य पदमा उमेदवारी दर्ता गराएकी छिन् ।गैँडाकोट नगरपालिका वडा नं. ६ कि २२ वर्षीया प्रतिभा पौडेलले राप्रपाको तर्फबाट वडा सदस्य पदमा उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले जनाएको छ ।
नेकपा एमाले र राप्रपाले गैँडाकोट नगरपालिकामा चुनावी तालमेल गरेपछि पौडेल राप्रपाको कोटाबाट वडा सदस्य पदको उमेदवार बनेकी हुन् गैँडाकोट नगरपालिकामा स्थानीय चुनावका लागि मनोनयन दर्ता गराएकाहरुमध्ये पौडेल नै सवैभन्दा कान्छी उमेदवार हुन् ।स्नातकतह अध्ययनरत पौडेलले राजनीति पार्टटाईम जागिरको रुपमा लिएको हुनाले नै विकासको गति पछाडि परेको बताईन्।
अग्रजहरुको सम्मान गर्दै अव राजनीतिको नेतृत्व युवाहरुले गर्नुपर्छ उनले भनिन् : यसका लागि युवाहरुसँग प्रष्ट भिजन हुन आवश्यक छ ।
पहिलो पटक सकृय राजनीतिमा यात्रा सुरु गरेको भन्दै उनले नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनबाट उमेदवार भएपनि सबैको मत पाउनेमा आशावादी रहेको बताईन् ।