काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।

तपाईको प्रतिक्रिया