गैंडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १८ बाट वडाअध्यक्ष पदको उमेदवार दिएका तिलबहादुर चितौरे विरुद्ध उजुरी परेको छ । सोहि वडाबाट वडा अध्यक्षको उमेदवार बनेका चुमानसिहं चितौरेले तिलबहादुर विरुद्ध उजुरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उजुरी दर्ता गराएका चुमानसिहं मंगोल नेशनल अर्गनाईजेशनबाट उम्मेदवार हुन्  ।

गैँडाकोट १८ मा नेकपा एमालेले मंगोल नेशनल अर्गनाईजेशनलाई समर्थन गरेको छ।नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको उमेदवारी दिएका चितौरे २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सोहि वडामा विजयी भएका वडाअध्यक्ष हुन् । उजुरीमाथी जाँचबुझ गरि आवश्यक निर्णय लिईने गैंडाकोटका निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया