भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गरेका छन् । नेकपा (एमाले)–राप्रपाबाट महानगरको मेयरमा उमेदवारी दिएका सुवेदीले मंगलबारदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शिवाद लिएका छन् भने कांग्रेसीसँग सौहार्दता देखाएका छन् । ज्येष्ठ नागरिकले सुवेदीको शिरमा हात राखेर आर्शिवाद दिए ।

उनले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमाले–राप्रपा गठबन्धनबाट महानगरको उपमेयरमा हिमाला गुरुङले उमेदवारी दिएकी छन् ।मेयरका उमेदवार सुवेदीले वडा नं २० मा सम्पर्क कार्यालय पनि उद्घाटन गरेका छन् । एमालेले वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उमेदवार बनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया