भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुन ।

बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रचारप्रसारमा जुटेका हुन् ।एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

तपाईको प्रतिक्रिया