गैँडाकोट।बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि नवलपुरको गैँडाकोट नगरपालिका वडा नं.४ को वडाअध्यक्ष पदमा युवा समाजसेवी दिनेशराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं.४ का समाजसेवी न्यौपानेले नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो ।

गैँडाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी न्यौपाने नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष पदका उमेदवार न्यौपानेकोे प्रस्तावकमा ओम पराजुली  र सर्मथकमा बाबुराम रानाभाट रहनुभएको छ ।मनोनयन दर्ता गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गैँडाकोट नगरपालिका वडा नं. ४ को विकास र समृद्धिका लागी आफुले उमेदवारी दिएको बताउनुभयो ।

मेरो लक्ष्य र सपना भनेको गैँडाकोट ४ लाई नगरकै नमुना वडा बनाउनु हो, यो बाहेक अरु उदेश्य छैन न्यौपानेले भन्नुभयो : वडाबासी आमाबुुवा, दाजुभाई र दिदिबैनीहरुको साथ पाउनेमा ढुक्क छु ।नेकपा एमालेको तर्फबाट गैँडाकोट ४ को वडा सदस्यमा चोक बहादुर थापा , डिल्लिराम तिमिल्सिना, सुभद्रा पोखरेल र सोविता परियारले एकैसाथ मनोनयन दर्ता गराउनुभएको छ ।

दिनेशराज न्यौपाने को हुन् ?

बुवा वामेदव न्यौपाने र माता तुलसी न्यौपानेको कोखबाट वि.स. २०३८ साल साउन ४ गते नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ४ मा जन्मिएका दिनेशराज न्यौपाने परिवारका पाँचाौ सन्तान हुन् ।कक्षा १२ सम्मको अध्ययन पुरा गरेका न्यौपानेका एक श्रीमती एकछाेरा र एकछाेरी हुनुहुन्छ

वडा अध्यक्ष पदका दावेदार न्यौपानेले गरेका केहि सामाजिक कामहरु यस्ता छन् ।

१ .नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन बचत तथा ऋण सहकारी संस्था संचालक समितिको सदस्य भै सो संस्थाको हित र विकासका लागि महत्वपूर्ण योगदान ।

२. गैडाकोट खानेपानी संस्थाको सदस्यको रुपमा काम गरि उपभोक्तहरुलाई शुद्ध पिउनेपानी वितरण गरेको, धारा जडान तथा खानेपानी वितरणको क्षमतालाई बढाउन विभिन्न कामहरु गरेको ।

३. जयश्री सामुदायिक वनको कोषाध्यक्षको रुपमा सेवा गरेको, सो अवसरमा वनको आर्थिक अवस्थालाई मजभुत बनाउन तथा स्थानीय स्तरमा पर्यापर्यटनलाई बृद्धि गर्नको लागि वनभोज स्थलको रुपमा विकास गर्न मुख्य नेतृत्व गरेको ।

४. गैँडाकोट नगरपालिका वडा नं. ४ भएर बग्ने जयश्री खोलाको ब्यवस्थीत तटबन्धन गर्न अग्रणी भूमिका निर्वाह गरेको , सोहि कारणले खोलाले कटान गर्ने जग्गाको संरक्षण भएको ।

५. मुकुन्दसेन विकास प्रतिष्ठानको अध्यक्षको रुपमा काम गरेको सो बेला आर्कषक मुकुन्दसेन पार्क निर्माण गरेको ।

६ . गैँडाकोट नगरपालिका वडा नं. ४ मा पहिलोपटक भएको कालोपत्रे सडक (कृषी मार्ग) का लागि स्थानीय सरकारसँग पटक पटक समन्वय गरि काम गरेको ।

७. कोरोना कहरका वेला गैँडाकोट ४ का अधिकासं स्थानमा जनतालाई रोगप्रतिरोधी क्षमता बढाउने आयूर्वेदिक औषधी उपलव्ध गराएको तथा स्वास्थ्य सुरक्षाका समानहरु जस्तै मास्क, सेनिटाईजर निशुल्क रुपमा वितरण गरेको ।

तपाईको प्रतिक्रिया