गैँडाकोट । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. को वडाअध्यक्ष पदमा युवा समाजसेवी धामनाथ सापकोटाले मनोनयन दर्ता गराउनुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं.९ का निर्वतानमा वडासदस्य समेत रहनुभएका युवा समाजसेवी सापकोटाले नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो ।

गैँडाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी सापकोटा नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष पदका उमेदवार सापकोटाको प्रस्तावकमा नारायण पाठक र सर्मथकमा मंगलसिङ वि.क. रहनुभएको छ ।मनोनयन दर्ता गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गैँडाकोट नगरपालिका वडा नं. ९ को विकास र समृद्धिका लागी आफुले उमेदवारी दिएको बताउनुभयो ।

मेरो लक्ष्य र सपना भनेको गैँडाकोट ९ लाई नगरकै नमुना वडा बनाउनु हो, यो बाहेक अरु उदेश्य छैन सापकोटाले भन्नुभयो : वडाबासी आमाबुवा, दाजुभाई र दिदिबैनीहरुको साथ पाउनेमा ढुक्क छु ।विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहेका सापकोटा गैँडाकोट नगरपालिका वडा नं. ९ का लोकप्रिय उमेदवार हुन् ।

वडा सदस्यमा पदमा रहेर पाँचवर्ष काम गर्दा तलवभत्ता बापत बुझेको ६ लाख २९ हजार रकम समाजसेवाकै काममा खर्च गरेपछि उहाँको चर्चा बढेको थियो ।नेपाली काँग्रेसको तर्फबाट गैँडाकोट ९ को वडा सदस्यमा ज्ञानप्रसाद खनाल, दिनेश कुमाल, गमता भट्टराई (पाण्डे) र विन्दुमाया विकले एकैसाथ मनोनयन दर्ता गराउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया