गैंडाकोट।  गैंडाकोट नगरपालिका वडा नम्बर १६ का निवर्तमान    वडा अध्यक्ष रहेका गोवर्धन ज्ञवलीले वडा अध्यक्ष पदकालागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । गत स्थानिय निर्वाचनमा उहाँ राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित हुनुभएको थियो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि ज्ञावलीले वडा नं। १६ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको भागमा वडा नम्बर १० परेपछि ज्ञवली मोर्चासँग असन्तुष्ट रहेका छन ।

तपाईको प्रतिक्रिया