नवलपुर । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकामा नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) विच चुनावी तालमेल गर्ने सहमती भएको छ । आइतबार दिनभर भएको छलफलपछि दुइदलविच चुनावी तालमेल गर्ने सहमती भएको हो ।

गैँडाकोटको मेयरमा एमाले उमेदवार छत्रराज पौडेललाइ राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उमेदवार तुलाराम पौडेललाइ एमालेले सहयोग गर्ने सहमति भएको एमाले जिल्ला कमिटी सदस्य गिरीराज उपाध्यायले जानकारी दिनुभयो ।

सहमती अनुसार राप्रपाले गैँडाकोट नगरपालिकाको वडा नं. ७ र १६को वडाअध्यक्ष पाउने छ भने विभिन्न वडामा गरेर १५ जना सदस्यहरु पाउने छ ।

तपाईको प्रतिक्रिया