गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोटका कार्यकर्ताहरुले गठबन्धनको नाममा वडाहरु अन्य दललाई दिएको भन्दै चर्को विरोध गरेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ८ र १० का काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले गठबन्धन गर्ने नाममा वडाहरुको नेतृत्व अन्य दललाई दिन नसक्ने बताए ।

दिउसो गैँडाकोट ८ का काँग्रेस वडा सभापति सहित ५५ जना कार्यकर्ताले सामुहिक राजिनामा दिएको कहिघण्टामै आज साँझ गैँडाकोट १० मा काँग्रेस कार्यकर्ताले मुख्य राजमार्गमा टायर बालेर गठबन्धनको विरोध गरेको उज्यालो सहकर्मीले जनाएका छन् ।

नेपाली काँग्रेस गैँडाकोट १० का सभापति प्रेम सापकोटाको घर अगाडी काँग्रेस कार्यकर्ताले सकडमै टायर बालेर विरोध जनाएका हुन् । गठबन्धनको नाममा गैँडाकोट १० जनमोर्चालाई दिन नहुने काँग्रेस कार्यकर्ताको माग छ ।

तपाईको प्रतिक्रिया