चितवन । चितवनको भरतपुर महानगरपालिकामा मनोनयनको पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

पहिलो उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले दर्ता गराएका थिए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा ९माले० बाट सूर्यप्रसाद रेग्मीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो।

यस्तै स्वतन्त्र तर्फ मेयर पदमा भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१ का यामकान्त शर्मा कँडेल, भरतपुर–१ का रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन् ।

यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा ९माले० बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ । आज पहिलो ठूला दलहरुले मनोनयन दर्ता गरेनन् ।

तपाईको प्रतिक्रिया