नवलपुर । नेपाली साहित्य,सँगीत अनि प्रतिरोधी लेखन गरेर केहि वर्षदेखि मुलुकमा निक्कै ठुलो चर्चा बटुलेका हरि बस्ताकोटीले बुलिङटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिने दाबी गरेका छन् । उज्यालो खबरसँग भएको टेलिफोन सम्पर्कमा उनले भने- गाउँमा सम्पूर्ण रुपमा असफल भैसकेको अस्वीकृत नेतृत्व फेरि दोहोरिने सम्भावना भयो भने स्वतन्त्र उम्मेदवारका रुपमा आँफुले पालिकाको अध्यक्षमा उम्मेदबारी दिन्छु ।

न्यायको यो लडाइँमा एक पटक युद्धस्तरमा होमिने मन छ,उनले पुन: थपे – पुरानो नेतृत्व समाज परिवर्तनको पक्षमा देखिएन न्यायको पक्षमा थिएन इमानको पक्षमा कहिल्यै उभिएन ।  गाउँको विकासका अनेक सम्भावनाहरूलाई नेतृत्व दिन पुरै असफल रह्यो , उनको दावी छ-सिधा जनजाती अनि निरुपाय सीमान्त शिल्पी समुदाय माथि बाचिन्जेल शासन गर्ने पुर्ख्यौली चलन बुलिङटारमा अब अन्त हुनपर्छ ।

बिचार बिहीन दृष्टिकोण बिहीन झुण्डको सामाजिक आतंकबाट गाउँपालिकालाई मुक्त गर्नुपर्छ अब ।  उनले आँफुसँग गाउँको विकासको नयाँ अर्ग्यानिक मोडेल अनि समाज परिवर्तनको अग्रगामी गर्गचित्र रहेको दावी गरे । सहासी उही हो जसले आँफु हिँड्ने बाटो आँफै बनाउँछ सत्य शिरोधार्य गर्छ इमानमा बाँच्छ अनि न्यायको पक्षमा उभिन्छ उनको तर्क थियो ।

समाजमा बौद्वीक गतिविधि गर्ने प्राज्ञीक प्रतिभा हरि बस्ताकोटी स्वाभिमानी सचेत अनि जुझारू युवा मानिन्छन् । सँधै सत्य,न्याय र इमानको पक्षमा उभिने उनी नेपाली भाषाका प्रसिद्ध साहित्यकार हुन् । खासमा उनी समाजका बेथिति, बिसंगती बिरुद्ध निरन्तर आवाज उठाउने एक सशक्त प्रतिरोधी लेखक पनि हुन् ।

तपाईको प्रतिक्रिया