कास्की – सत्ता गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस महानगर समितिले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा कांग्रेस पोखरा महानगर समितिले पालिका चुनावमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएको भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताउनुभयो । सत्ताको स्वार्थभन्दा माथि उठे‍र जनभावना एवम् आम कार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया