गैँडाकोट । मर्नीङ वाकमा निस्केका नवलपुरको गैँडाकोटका ८५ वर्षका बृद्ध शनिवार विहानदेखि परिवारको सम्पर्कमा नआउदा चिन्ता छाएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ इलाका प्रहरी कार्यालय अगाडी घर भएका डिल्ली नारायण श्रेष्ठ शनिवार विहान ५ वजेदेखि हराएको छोरा सत्य श्रेष्ठले जानकारी दिए ।

सधैजसो मर्नीङ वाकमा निस्केर समयमै घर आउने गरेका बृद्ध घरमा नआएपछि परिवारमा चिन्ता छाएको श्रेष्ठले बताए । बुवा सधै मर्नीङ वाक सकेर समयमै घर आउनुहुन्थ्यौ तर यतिका घण्टा वितिसक्दा समेत बुवा घर नआउदा परिवार चिन्तित भएको छ उनले भने । बृद्धको खोजीका लागि भन्दै परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दर्ता गराएको छ ।

तपाईको प्रतिक्रिया