काठमाडौं ।  कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो।कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ३(०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन।पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। कार चालक प्रहरी नियन्त्रणमा छन्।

 

तपाईको प्रतिक्रिया