गैँडाकोट । महिला नेतृ कोकीसरा रानालाई नेकपा एमालेले गैँडाकोट वडा नं. १४ को वडाअध्यक्षमा दोहोर्याउने निर्णय गरेको छ । नेकपा एमालेको वडा कमिटी बैठकले १४ को वडाअध्यक्षमा कोकीसरा रानालाई सर्वसम्मत अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेको तर्फबाट गैँडाकोट नगरपालिकामा आउँदो स्थानीय चुनावमा उपमेयरको सम्भावना बोकेकी नेतृ रानालाई अध्यक्षमा सिफारिस गरिएको हो । अहिले अध्यक्षको रुपमा वडा कमिटीले सिफारिस गरेको भएपनि पछि उपमेयरको निर्णय हुँदा समेत आवश्यक परे उनकै नाम छनौट हुनसक्ने समेत एमालेनेताहरु बताउछन् ।

तपाईको प्रतिक्रिया