
नवलपुर । बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेले युवानेता ध्रुव अधिकारीलाई उठाउने निर्णय गरेको छ ।युवा व्यवसायी समेत रहेका समाजसेवी अधिकारी पार्टीकाे वडा सचिव समेत हुन् ।
नेकपा एमाले वडा नं.१ का अध्यक्ष भरत अधिकारीले सबै बस्तुु तथा अवस्थाको अध्ययन गरेर अधिकारीलाई वडाअध्यक्षमा उठाउने निर्णय भएको जानकारी दिनुभयो ।वडा नं. १ मा वडाअध्यक्ष बन्न चारजनाको नामावली आएपछि छलफल गरेर त्यसलाई पार लगाउन पार्टीका वडा अध्यक्ष भरत अधिकारीको संयोजकत्वमा एक कार्यदल बनाइएको थियो । सोहि कार्यदलले ध्रुव अधिकारीलाई वडाअध्यक्षको रुपमा नगरमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सफल युवा व्यवसायी अधिकारी पार्टी भित्र र बाहिर सबैसँग मिल्न सक्ने क्षमताका मानिन्छन् । पार्टीले वडाअध्यक्षको रुपमा सिफारिस गरेपछि पत्रकारसँग कुरा गर्दै अधिकारीले सबैको साथ पाउनेमा आशाबादी रहेको बताए । जनताको सेवा गर्न, वडाको विकास गर्न र वडालाई नगरकै सर्वोत्कृष्ट वडा बनाउने मेरो योजना छ उनले भने : यसका लागि तपाई वडाबासीले मत दिनुहुनेछ ।