
गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डेको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सरुवाको सूचिमा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक पाण्डेको पनि नाम छ । उनको महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएको छ ।
पाण्डेको सरुवासँगै इलाका प्रहरी कार्यालय गैँडाकोटमा नयाँ प्रहरी निरीक्षकको रुपमा प्रशान्त श्रेष्ठ आउने भएका छन् । केन्द्रीय प्रहरी विषेश कार्यदल नक्सालमा कार्यरत श्रेष्ठलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा सरुवा गरिएको हो ।