गैँडाकोट । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं. २ मा नेकपा एमालेले युवानेता देशवन्धु सिग्देललाई अघि सार्ने निर्णय गरेको छ ।वडा नं. २ को आज बसेको उमेदवार छनौट समितिको बैठकले युवानेता सिग्देलको नाममा सहमति कायम गरेको हो ।
एमालेका नेता कृष्ण घिमिरेको संयोजकत्वमा बनेको उमेदवार छनौट समितिले सर्वसम्मत रुपमा सिग्देललाई उमेदवार बनाउने निर्णय गरेको हो ।राष्टिय युवासंघ नेपालका जिल्ला सदस्य तथा नेकपा एमालेका नगर सदस्य समेत रहेका युवा नेता सिग्देल गैँडाकोटका सफल युवा व्यवसायी समेत हुन् ।नेकपा एमालले स्थानीय चुनावमा लागि पार्टिको तर्फबाट गैँडाकोटमा पहिलोपटक आज उमेदवार छनौट गरेको हो ।



उज्यालो खबर




