
गैँडाकोट । घरबाट नारायणगढ स्थित जिमहल हिडेका गैँडाकोटका एक युवक सोमबार साँझदेखि हराएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक नजिकै घर भएका २२ वर्षका दामोदार अधिकारी (राजेश) परिवारको सम्पर्क बाहिर रहेका हुन् ।
उनि भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकतह दोस्रो बर्षमा अध्ययरत विद्यार्थी हुन । सोमबार साँझ ५ : २० वजे घरबाट पैदल हिडेका उनले सवा ६ वजे नारायणगढ स्थित एसबीआई बैकंको एटीएमबाट ८० हजार रुपैयाँ निकालेको देखिएको छ । बैंकको एटीएमबाट रकम निकाले पश्चात उनि लायन्सचोक नजिकै सधैजसो जाने गरेको खाजा पसलमा पुगेको र त्यहाँबाट एकैछिनमा आउछु भनेर निस्किएको पारिवारिक स्रोतले जनाएको छ ।
आमा हरिमाया अधिकारीले छोरा खोजिदिन भन्दै ईलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिएको उज्यालो खबरलाई बताउनुभयो ।आफन्तहरु सबैको घरमा बुझ्दा समेत बाबुको अवस्था हालसम्म पत्ता लाग्न नसकेको भन्दै उहाँले सबैलाई खोजीकार्यका सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
दामोदार अधिकारी (राजेश) परिवारका जेष्ठ सन्तान हुन् उनकी एकजना बहिनी छन । बुवा राेजगारिकाे सिलसिलामा भारतमा रहनुुभएकाे छ ।दामोदार अधिकारी (राजेश)लाई कहि कतै देख्ने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन सक्नुहुनेछ