
गैँडाकाेट । बैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा नवलपुरको गैँडाकोटमा नेपाली काँग्रेसबाट जनप्रतिनिधी बन्नको लागि चाहना गर्नेहरुको संख्या उच्च देखिएको छ ।पाँचदलीय गठबन्धन सहित स्थानीय तहको निर्वाचनमा होमिने तयारी गरेको काँग्रेस गैँडाकोट भित्र मेयर,उपमेयर र वडा अध्यक्ष बन्न चाहनेहरुको सूचि निकै ठुलो छ ।
उमेदवार बन्नको लागि आकाक्षीहरु नेताहरुको दैलोमा पुुग्दै आफ्नो पक्षमा निर्णय गरिदिन आग्रह गर्दै आएका छन् ।गैँडाकोट नगरपालिकामा मेयर, उपमेयर तथा वडा अध्यक्षको रुपमा दावी गर्ने सक्ने सम्भावित काँग्रेस उमेदवारहरुको नामावली उज्यालो खबरले प्राप्त गरेको छ ।
नामावलीको सूचि हेर्दा नेतृत्वलाई टिकट कसलाई दिने भनेर छिनोफानो गर्न त्यति सहज देखिदैन । नगरपालिकाको मेयर उमपेयर प्रदेश समिति तथा वडा अध्यक्षहरुको टुगों क्षेत्रीय कार्यसमितिले लगाउने काँग्रेसको निर्णय छ ।
गैँडाकोटमा काँग्रेसबाट मेयर, उपमेयर तथा वडा अध्यक्षका सम्भावित उमेदवारहरु यी हुनेछन् ।
मेयर
मदनभक्त अधिकारी, गजेन्द्रबहादुर आले, ओम प्रसाद सापकोटा, बद्री सापकोटा
उपमेयर
दुर्गा कोईराला, विष्णु कुमारी कंडेल, शान्ति न्यौपाने, संगिता घिमिरे, कमला तिवारी
मेयर र उपमेयरमा माथीका यी नामहरु चर्चामा आएकाे भएपनि काँग्रेस उच्च स्राेत भन्छ अव काँग्रेसबाट मेयरकाे उमेदवार मदनभत्त अधिकारी र उपमेयरकाे उमेदवार दुर्गा काेईराला हुनेछन् ।
वडा अध्यक्षका सम्भावित उमेदवारहरु
१. हरि प्रसाद सापकोटा, मोतिचन्द्र चालिसे, शिव काफ्ले, सुरेन्द्र रेग्मी
२. हरेराम सापकोटा, यदुनाथ सापकोटा, रोशन सापकोटा
३. भूपाल आले, शिव तिवारी, टिएन आले
४. कृष्ण न्यौपाने, तेजप्रसाद घिमिरे, रोशनभक्त अधिकारी, दामोदर तिवारी
५. रत्न प्रसाद सापकोटा, गोविन्द घिमिरे, मिन अधिकारी, तुलसी गौतम
६. प्रकास भुसाल, हेमलाल सापकोटा
७. ईश्वरी चापागाई, तारा त्रीपाठी, होमनाथ सापकोटा,
८. प्रेम सापकोटा, खगेश्वर गौडेल, रामप्रसाद सापकोटा,
९. धामनाथ सापकोटा, गंगा पाण्डे, खगराज सापकोटा, शिव कुमाल
१०. प्रेम खरेल, पदम सुवेदी, विमल रावत
११. सम्भु कंडेल, गुरुदत्त सुवेदी, प्रकाश श्रेष्ठ
१२. थिर बहादुर थनेत, विष्णु गौतम, चुन बहादुर केसी
१३. बासु आर्याल, निर्मला क्षेत्री
१४. महाश्रम न्यौपाने, भवानी गौडेल
१५. प्रेम तिमिल्सिना, रामप्रसाद पौडेल, विष्णु काफ्ले
१६. खेम सापकोटा, लक्ष्मी सापकोटा, विनोद मल्ल
१७. रत्न बहादुर खड्का
१८. तिल बहादुर चितौरे