नवलपुर । बैशाख ३० गतेको लागि तय भएको स्थानीय निकायको निर्वाचानमा नेकपा एमालेले गैँडाकोट नगरपालिकामा राप्रपा र जनमोर्चासँग गठबन्धन गर्ने तयारी गरेको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहितका दलहरुले पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने तयारी गरेपछि नेकपा एमालेले गैँडाकोटमा राप्रपा र जनमोर्चाको साथ लिएर स्थानीय चुनावमा जाने तयारी गरेको हो ।

विगतमा जितेका वडाहरुमा पार्टिको विरासतलाई कायम राख्दै हामिले राप्रपा र जनमोर्चासँग छलफल अघि बढाएका छौ एमाले नगर अध्यक्ष षडानन्द लामिछानेले भन्नुभयो : गठबन्धनका विरुद्ध एमाले सहितको टिम तयार हुनेछ । सबै दलहरुसँग छलफल चलिरहेको भन्दै अध्यक्ष लामिछानेले केहिदिनभित्रै आफुहरु टु‌ंगोमा पुग्ने बताउनुभयो ।

नेकपा एमालेले गैँडाकोटको मेयर र उपमेयरको टुंगो चैतको अन्तिम सम्म लगाउने तयारी गरेको छ । नगर कमिटीको शिफासिरमा जिल्ला कमिटीमा छलफल भएपश्चात प्रदेश कमिटीले नगरपालिकाका मेयर उपमेयरको टुंगो लगाउने छ ।एमाले जिल्ला कमिटी नवलपुरले नामवाली शिफासिर गर्न भन्नासाथ आफुहरुले मेयर र उपमेयरको नामावली सिफारिस गर्ने एमाले गैँडाकोटले जनाएको छ । २ जना पुरुष र एक जना महिलाको नाम नगरले सिफारिस गर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया