गैंडाकोट । बैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गैंडाकोटका ४ जनाले नगर प्रमुख पदका लागि चाहना राखेका छन् ।नगर प्रमुख पदमा बलराम चालिसे, लक्ष्मी खाँड, गोपी कंडेल र कृष्णप्रसाद भट्टराईले चहाना राखेको नेकपा (माओवादी केन्द्र) गैँडाकोटले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) गैंडाकोटको आज बसेको बैठकमा उनीहरुले चाहना राखेको माओवादी स्रोतले जनाएको छ ।बैठकले नगर अध्यक्ष युवराज रिमालको संयोजकत्वमा ८३ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ भने । सचिव श्यामसुन्दर लामिछानेको संयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया