बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले सरकारी वकिलको कार्यालय तनहुँमा दिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका हुन् ।

बयानमा पलले भनेका छन्,“ गत वैशाख १ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका हौं । राति अन्दाजी ११ बजेर ४५ मिनेटतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी उनलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।”

पलविरुद्ध जिल्ला प्रहरी कार्यायल तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । एक नाबालिग गायिकामाथि उनले बलात्कार गरेको आरोप छ । पलविरुद्धको मुद्दा अदालतमा पेस भइसकेको छ । तनुहँ र गैडाकोटमा पलले सरकारी वकिलसमक्ष आफूमाथि लागेको आरोपको बचाउ गरेका छन् ।

तपाईको प्रतिक्रिया